Pura Samachar

अफगानिस्तानमा रहेका नेपालीको उद्धारमा सरकारले थाल्यो प्रयास

प्रकाशित: August 16, 2021

अफगानिस्तानमा रहेका नेपालीको उद्धारमा सरकारले थाल्यो प्रयास

२०७८-४-३२

रासस। सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुुशल शीघ्र उद्धार गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको मन्त्रिपरिषद्कोे बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो जनाउँदै त्यहाँ रहेका नेपालीलाई तत्काल उद्धारको पहल गर्ने निर्णय गरेको हो। बैठकले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि नेपाल सरकारका सम्बन्धित निकायलाई समन्वयात्मक ढङ्गले काम गर्न निर्देशन दिने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

प्रतिक्रिया