Pura Samachar

ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाए

प्रकाशित: August 17, 2021

ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाए

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएको छ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार साँझ बसेको शीर्ष नेताको अनौपचारिक छलफलपछि ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय गरेका हुन्।

एमाले नेता छविलाल विश्वकर्माका अनुसार स्थायी कमिटी बैठकआज  ११ बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक दिउँसो ३ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।

माधवकुमार नेपाल पक्षलाई सहज हुने गरी सरकारले संसद अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै यसमा एमाले विभाजन हुनेसक्ने निष्कर्षका साथ आवश्यक रणनीति बनाउन ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका हुन्।

प्रतिक्रिया