
काठमाडौ । नेकपा एमालेको केपी शर्मा ओली पक्षले २६० केन्द्रीय सदस्यको सूची निर्वाचन आयोगमा पठाएको छ ।
एमालेको ओली पक्षले केन्द्रीय सदस्यको संख्या अद्यावधिक गर्न आयोगमा २६० सदस्यको सूची पठाएको हो । अध्यक्ष ओलीको नेतृत्वमा मंगलबार संसदको ल्होत्से हलमा भएको संसदीय दलको बैठकले एमालेका केन्द्रीय सदस्यहरुको संख्या २६० हुने गरी सूची निर्वाचन आयोगमा पठाएको हो । यसअघि केन्द्रीय सदस्यको संख्या २०३ रहेको थियो ।
योसँगै पार्टी फुटाउन आवश्यक पर्ने २० प्रतिशत केन्द्रीय सदस्यका लागि माधव नेपाल समूहलाई ५२ जना केन्द्रीय सदस्यको साथ चाहिने भएको छ ।
यता संसदमा एमालेका २०३ सांसद रहेकाले नेपाल पक्षलाई पार्टी फुटाउन कम्तीमा ४१ सांसदको सहमति आवश्यक हुन्छ ।
प्रतिक्रिया