
काठमाडौं । नेकपा एमालेले दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा देशभर प्रदर्शन गर्ने भएको छ।
एमालेले भ्रातृ संगठन युवा संघको आयोजनामा देशभरआज प्रदर्शन गर्न लागेको हो । राजधानीमा नयाँ बानेश्वरमा र उपत्यकाबाहिर प्रत्येक जिल्ला सदरमुकाम तथा मुख्य शहरहरुमा बुधबार २ बजे प्रदर्शन गरिने बताइएको छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्नो पार्टी फुटाउन अध्यादेश ल्याएको भन्दै एमालेका कार्यकर्ताले मंगलवार पनि राजधानीमा विरोध प्रदर्शन गरेको थियो । उनीहरुले अध्यादेश फिर्ताको माग गरेका छन् ।
प्रतिक्रिया