Pura Samachar

नेकपा एमाले समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

प्रकाशित: August 18, 2021

नेकपा एमाले समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

काठमाडौ । नेकपा एमाले समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।

माधवकुमार नेपाल पक्षका नेताहरुले बुधवार अपरान्ह आयोगको कार्यालय कान्तिपथमा पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन् । दल दर्ताको निवेदन दिन राजेन्द्र पाण्डे, रामकुमारी झाँक्री लगायतका नेताहरु आयोग पुगेका थिए ।

पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न खुला किताब राख्न निवेदनमा प्रस्ताव गरिएको नेता झाँक्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया