Pura Samachar

१६ लाख डोज भेरोसेल खोप शुक्रबारसम्म नेपाल आइपुग्ने

प्रकाशित: August 18, 2021

१६ लाख डोज भेरोसेल खोप शुक्रबारसम्म नेपाल आइपुग्ने

काठमाडौं । सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको कोभिड–१९ विरुद्धको थप १६ लाख डोज भेरोसेल खोप शुक्रबारसम्म नेपाल आइपुग्ने भएको छ ।

दोस्रो चरणमा चीनसँग खरिद गरिएको ६० लाखमध्ये १६ लाख डोज दुई दिनमा आउन लागेको हो । नेपाल एयरलाइन्सको वाइडबडी विमानले पहिलो लटमा भोलि बिहान र दोस्रो लटमा पर्सि बिहान गरी १६ लाख डोज खोप ल्याउने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

बाँकी ४४ लाख डोज खोप दुई साताभित्र आइपुग्ने विभागले जनाएको छ ।

प्रतिक्रिया