
काठमाडौं । काठमाडौं उपत्यकामा थप ९९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार विगत २४ घण्टामा ९९३ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौंमा ७११, भक्तपुरमा १२२ र ललितपुरमा १६० जनामा कोरोना संक्रमण भएको छ ।
विगत केही दिनदेखि काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
प्रतिक्रिया