
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ ।
सक्रिय संक्रमितको संख्या ४० हजार ५ सय पुगेको मन्त्रालयले जानकारी दिएको छ।
संक्रमितमध्ये ७३९ जना आईसीयू र १६८ जना भेन्टिलेटरमा उपचाररत रहेको जनाइएको छ ।
पछिल्लो २४ घण्टामा थप ३३ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार बिहीवार थप २ हजार १२६ जना संक्रमित निको भएका छन् ।
प्रतिक्रिया