
काठमाडौं। काठमाडौंमा कोराेना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज दिइने भएकाे छ । पहिलाे डाेज लगाएका नागरिकका लागि भदौ ९ गतेदेखि दाेस्राे डाेज दिन लागिएकाे हाे ।
काठमाडौंका स्वास्थ्य कार्यालय प्रमुख बद्रीबहादुर खड्काका अनुसार साउन १४ गतेदेखि भेरोसेलको पहिलो डोज लगाई तीन साता पूरा भएका २ लाख १६ हजार नागरिकहरुलाई दोस्रो डोज दिइने छ।
काठमाडौं जिल्लाका १४४ खोप केन्द्रबाट भेरोसेलको दोस्रो डोज दिइने खड्काले बताउनुभयाे । दोस्रो डोज खोप लगाउन पहिलो डोज खोप लगाएको खोप कार्ड लिएर जानुपर्ने बताइएकाे छ ।
प्रतिक्रिया