
काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । विहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले शर्मासहित ३ जनाको नाम सचिव बढुवाका लागि सिफारिस गरेको थियो ।
शर्मासँगै निर्वाचन आयोगका प्रवक्ता समेत रहेका सहसचिव राजकुमार श्रेष्ठ र लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रबिलाल पन्थको नाम सिफारिस भएको थियो । ती मन्त्रीका अनुसार उनीहरुमध्ये पहिलो नम्बरमा रहेका शर्मालाई मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया