
बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल सरकारी निवास छाडेर निजी निवासमा फर्किएका छन्।
मुख्यमन्त्रीको सरकारी निवास छाडेर पौडेल हेटौँडाको नवलपुरस्थित निजी निवासमा फर्किएका हुन्। पौडेलले ४२ महिना सत्ता सञ्चालन गरेका छन्।
बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका पौडेलले बिहीबार सरकारी निवास छाडेका हुन्। निजी निवास फर्किंदै गर्दा उनले अबको बाँकी समय जनताको हितमा काम गर्ने बताए।
पौडेलले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै प्रदेशसभाको ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी छन्। शाक्य बुधबार नै एमाले संसदीय दलको नेता चयन भएकी थिइन्।
प्रतिक्रिया