सुर्खेत– पीसीआर परीक्षणको रिपोर्ट एक महिनासम्म पनि नआएपछि क्वारेन्टिनमा बसेका ७० जना भागेका छन्।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्वर ३ को क्वारेन्टिनमा बसेका ७० जना प्रहरीलाई ढुङ्गामुढा गर्दै बिहीबार जबरजस्ती निस्केका हुन्।
क्वारेन्टिनमा बसेको एक महिनासम्म पनि रिपोर्ट नआएको भन्दै आधारभुत विद्यालय लहाघाटमा बसेका ७० जना भागेको नगरप्रमुख गोबिन्द पुनले जानकारी दिए।
उनीहरु जेठ १९ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए। क्वारेन्टिनमा बसेको १७ दिनपछि स्वाव संकलन गरी सुर्खेत पठाइएको थियो। सुर्खेतको पीसीआर मेसिन बिग्रिएकोले उनीहरुको स्वाब परीक्षणका लागि नेपालगञ्ज पठाइएको छ।
प्रतिक्रिया