
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा २ बजेदेखि बैठक बस्ने भएको हो ।
बैठकमा यसअघि केन्द्रीय समितिबाट पारित निर्णयका विषयमा छलफल हुनेछ। यसअघि माओवादीको केन्द्रीय कमिटी बैठकले पुस १३–१५ मा राष्ट्रिय भेला गर्ने प्रचण्डको प्रस्ताव पारित गरेको थियो।
२२ जना केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको थियो। एमालेमा प्रवेश गरेका र अन्य विविध कारणले रिक्त भएका केन्द्रीय सदस्य हप्ता दिनभित्रै थप गर्न स्थायी समितिलाई जिम्मा दिने बैठकले निर्णय गरेको थियो। त्यसमा युवासहित समानुपातिक समावेशीका आधारमा थपिने भनिएको छ। प्रदेश समितिहरुका केही रिक्त पदाधिकारीसमेत तत्काल थप गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो।
आजको स्थायी कमिटी बैठकमा यी नै विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया