Pura Samachar

लगातार ३ दिन सार्वजनिक बिदा

प्रकाशित: August 21, 2021

लगातार ३ दिन सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं उपत्यकामा शनिबारदेखि लगातार तीन दिन सार्वजनिक बिदा हुने भएको छ । आजदेखि ७ गतेसम्म उपत्यकामा सार्वजनिक बिदा हुने भएको हो ।

आज शनिबार भएकाले स्वत सार्वजनिक बिदा परेको छ भने भोलि भाद्र ६ गते जनै पूर्णिमा परेकाले सार्वजनिक बिदा हुने भएको छ ।

त्यसैगरी भाद्र ७ गते अर्थात सोमबार काठमाडौं उपत्यकामा मनाइने गाइजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा हुने भएको छ ।

प्रतिक्रिया