Pura Samachar

घट्यो सुनको भाउ

प्रकाशित: August 22, 2021

घट्यो सुनको भाउ

साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। शुक्रबारको तुलनामा आज आइतबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ

शुक्रबार प्रतितोला ९१ हजार २ सयमा कारोबार भएको छापवाला सुनको मूल्य आज जनै पूर्णिमाको दिन ३ सय रुपैयाँले घटेको हो। आइतबार छापावाला सुन तोलाको ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ३ सय रुपैयाँले नै घटेको छ। यससँगै तेजाबी सुनको मूल्य ९० हजार ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार तेजाबी सुन तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया