
काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बैठक आज बस्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको हो ।
यसअघि शनिबार बसेको बैठकले पार्टी नेताहरुको कार्य विभाजन सम्बन्धि छलफल शुरु गरेको छ ।
बैठकमा पार्टीका नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारी लगायतका सांगठनिक कामलाई टुंगो लगाउने गरी छलफल सुरु गरेको हो ।
नेताहरुको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल सुरु गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
आजको बैठकमा पनि सोही विषयमाथि थप छलफल हुने बताइएको छ ।
प्रतिक्रिया