Pura Samachar

एकै परिवारका तीनजना मृत फेला

प्रकाशित: August 23, 2021

एकै परिवारका तीनजना मृत फेला

झापा ।  झापाको कन्काई नगरपालिकामा एकै परिवारका तीनजना मृत फेला परेका छन् । कन्काई नगरपालिका–१ का  रविन बिक, उनकी श्रीमती मुना बिक र आठ महिनाकी छोरी रुविना बिक झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार  उनीहरु घरको ढोका भित्रबाट चुकुल लगाएको अवस्थामा झुण्डिएको फेला परेका जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईले जानकारी दिनु भयो ।

घटनास्थलमा प्रहरी पुगेको र थप अनुसन्धान जारी रहेको एसपी भट्टराईको भनाइ छ ।

प्रतिक्रिया