Pura Samachar

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्ना सबै पार्टी कमिटीमा ४० वर्ष युवाहरूलाई महत्त्वका साथ समेट्ने भएको छ

प्रकाशित: August 24, 2021

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्ना सबै पार्टी कमिटीमा ४० वर्ष युवाहरूलाई महत्त्वका साथ समेट्ने भएको छ

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्ना सबै पार्टी कमिटीमा ४० वर्षमुनिका युवाहरूलाई महत्त्वका साथ समेट्ने भएको छ । सो पार्टीको विधानमा ४० वर्ष मुनिका युवाहरूलाई ‘महत्त्वपूर्ण हिस्सा’ भन्दै उनीहरूलाई समेट्ने प्रयास गरेको हो ।

‘हरेक पार्टी कमिटीको एउटा महत्त्वपूर्ण हिस्सामा ४० वर्ष मुनिका युवालाई राखिने छ । यस पार्टीका सदस्यहरूले सामाजिक–आर्थिक तथा सांस्कृतिक रुपान्तरणका लागि उत्पादन सङ्घर्ष र वर्ग सङ्घर्षमा सामेल हुँदै विचार, सङ्गठन र सङ्घर्षका क्षेत्रमा अग्रणी भूमिका खेल्ने छन्’, नेकपा (एकीकृत समाजवादीले आफ्नो विधानमा भनेको छ, ‘उनीहरू जनसरोकारका र उत्पादनशील कार्यमा क्रियाशील हुँदै पार्टीको एकता र अग्रगतिका लागि समर्पित रहने छन् ।’

सो पार्टीको विधानअनुसार १७ जना केन्द्रीय पदाधिकारी रहने भएका छन् भने १ सय ५१ केन्द्रीय कमिटी रहने भएको छ । पार्टीको विधानमा केन्द्रीय कमिटी अध्यक्ष १, वरिष्ठ नेता १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २, सचिव ७ गरी जम्मा १७ जना पदाधिकारीसहित ११५ पूर्ण र ३६ वैकल्पिक गरी जम्मा १५१ सदस्यीय हुने व्यवस्था गरिएको छ ।

केन्द्रीय कमिटी दुई महाधिवेशनबीच पार्टीको सर्वोच्च कार्यकारी संस्था हुने विधानमा उल्लेख छ । केन्द्रीय कमिटीको कूल सदस्य सङ्ख्याको कम्तिमा एक तिहाइ अर्थात् ३३ प्रतिशत सदस्य महिला अनिवार्य हुनेछन् ।

प्रतिक्रिया