Pura Samachar

२ हजार ५२५ संक्रमित, ३५ को मृत्यु

प्रकाशित: August 24, 2021

२ हजार ५२५ संक्रमित, ३५ को मृत्यु

पछिल्लो २४ घण्टामा थप २ हजार ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १४ हजार ८१० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ९ हजार ९०९ जनाको पिसिआर र ४ हजार ९०१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

त्यस्तै, २ हजार ८६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

यसको संक्रमणबाट थप ३५ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ

हाल सक्रिय संक्रमित ३८ हजार २५० सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९३. ५ प्रतिशत रहेको छ।

यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ६८९ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ५१८, भक्तपुरमा ५२ र ललितपुरमा ११९ जना संक्रमित थपिएका हुन्।

प्रतिक्रिया