Pura Samachar

दशौं महाधिवेशन मंसिर १० देखि गर्ने सहमति

प्रकाशित: August 24, 2021

दशौं महाधिवेशन मंसिर १० देखि गर्ने सहमति

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना गर्ने निर्णय गरेको छ।

मंगलवार बसेको स्थायी कमिटी बैठकले पार्टीमा फर्किएका स्थायी कमिटी सदस्यहरुको सहमतिमा महाधिवेशनको मिति तोकेको हो। भदौ २७ र २८ गतेलाई तोकिएको विधान महाधिवेशन पनि सरेको छ। विधान महाधिवेशन असोज पहिलो ५ र ६ गते हुने भएको छ।

यस्तै स्थानीय तहका अधिवशेनको मिति पनि सारिएको वैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया