
काठमाण्डाैं । ओलम्पियन पौडीबाज (स्वीमर) गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ। सिंहले आफू कोरोना संक्रमित भएको फेसबुकमार्फत् जानकारी दिनु भएकाे हाे ।
सिंहले यसअघि जापानमा भएको टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नु भएकाे थियाे । प्रतिस्पर्धा सकेर बेलायत पुगेको केही सातामै उहाँलाई कोरोन संक्रमण पुष्टि भएको हो।
हाल उहाँ आइसोलेसनमा बस्नु भएकाे छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा ‘भर्खरै गरिएको टेस्टमा मलाई कोरोना पोजिटिभ देखिएको छ,’ भनेर लेख्नु भएकाे छ ।
प्रतिक्रिया