Pura Samachar

बोर्डको सदस्य पदबाट ढकालको राजीनामा

प्रकाशित: August 25, 2021

बोर्डको सदस्य पदबाट ढकालको राजीनामा

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल धितोपत्र बोर्डको सदस्य पदबाट राजीनामा दिनुभएको छ ।

महासंघको प्रतिनिधित्व गर्दै बोर्डका सदस्य बन्नुभएका ढकालले राजीनामा दिनुभएको हो ।

सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएपछि बोर्डका सिइओ चन्द्रसिंह साउँदले पनि यसअघि राजीनामा दिनुभएको थियो ।

बोर्डको सञ्चालक हुन अगाडि नै सेयर खरिद गरेको विषयमा अनावश्यक विवाद आएको र व्यवसायीको हिसाबले बोर्डको सञ्चालक रहँदा अरू पनि विवाद आउन सक्ने भएकोले सञ्चालकबाट पछि हट्ने निर्णय आफूले लिएको ढकालले बताउनुभयो । उहाँले अध्यक्ष गोल्छालाई पत्र बुझाइसकेको जानकारी दिनुभयो ।

ढकालको राजीनामापछि अब महासंघको प्रतिनिधिका रुपमा बोर्डमा नयाँ सदस्य नियुक्त हुनेछन्।

प्रतिक्रिया