Pura Samachar

एकैदिन १२ जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित: August 25, 2021

एकैदिन १२ जना कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा कारोना संक्रमणका कारण एकैदिन १२ जनाको मृत्यु भएको छ । २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालहरुमा उपचाररत १२ जना कोरोना संक्रमितको मृत्यु भएको हो । केही दिनदेखि प्रदेशमा कोरोना संक्रमण र मृत्युदर क्रमश घटिएकोमा बुधबार मृतकको संख्या एक्कासि बृद्धि भएको हो । मंगलबार गण्डकीमा ४ जनाको मात्र मृत्यु भएको थियो भने ३७४ संक्रमित थपिएका थिए ।

बुधबार कोरोना संक्रमणबाट मृत्यु हुनेमा कास्कीमा ७, स्याङजा २, बागलुङ १, तनहुँ १ र पर्वतका १ सहित १२ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।  उनका अनुसार संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–७ का ८६ वर्षीय पुरुष, पोखरा–१४ का ८२ वर्षीय पुरुष, पोखरा–२५ का ६५ वर्षीय पुरुष, पोखरा–२२ का ७७ वर्षीय पुरुष, पोखरा–१० की ९२ वर्षीय महिला, पोखरा–१४ की ४८ वर्षीय महिला र कास्कीको रुपा गाउँपालिका–३ का ६२ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी स्याङजाको विरुवा –१ का ४६ वर्षीय पुरुष, फेदीखोला–२ का ४८ वर्षीय पुरुष, पर्वत –११ का ६३ वर्षीय पुरुष, तनहुँ ब्यास–५ का ३९ वर्षीय पुरुष र बागलुङ ताराखोला–५ की ७४ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु भएको १२ जना मध्ये ७ जना पोखराका रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २५९ जना पुगेको छ ।

प्रतिक्रिया