Pura Samachar

गायक टुहुरेकाे निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दु:ख व्यक्त

प्रकाशित: August 26, 2021

गायक टुहुरेकाे निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दु:ख व्यक्त

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनवादी गायक जेबी टुहुरेको निधनले आफू स्तब्ध भएको बताउनुभएकाे छ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गैदै प्रधानमन्त्री देउवाले टुहुरेकाे निधनले स्तब्ध भएकाे बताउनुभएकाे हाे ।

उहाँले दिवंगत टुहुरेको आत्माको चीर शान्तिको कामना गर्दै परिवारमा समवेदना गर्नुभएकाे छ ।

‘कलाकार जुठबहादुर खड्की (जेबी टुहुरे)को निधनको खवरले निकै स्तव्ध भएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’ देउवाले ट्वीटमा भन्नुभएकाे छ ।

प्रतिक्रिया