Pura Samachar

जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग

प्रकाशित: August 26, 2021

जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं । सरकारले तुइनबाट खसेर बेपत्ता दार्चुलाका जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ‘तुइन काट्दा’ महाकाली नदीमा बेपत्ता भएका धामी अझै बेपत्ता रहेका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले धामीका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानू मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

गत साउन १५ गते धामी तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएका थिए । उनी अझै फेला परेका छैनन् । घटनाको छानविन गर्न गठित कार्यदलले स्थलगत अध्ययन गरे पनि प्रतिवेदन अझै बुझाएको छैन ।

प्रतिक्रिया