Pura Samachar

नेपाल लगायतलाई पार्टीको अभिलेखबाट हटाउने नेकपा एमालेको निणर्य

प्रकाशित: August 26, 2021

नेपाल लगायतलाई पार्टीको अभिलेखबाट हटाउने नेकपा एमालेको निणर्य

काठमाडौं १० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी विभाजन गरेर जाने नेकपा (एकीकृत समाजवादी) का नेताहरुलाई पार्टीबाट निष्काशन गरेको छ ।

आज बसेको पार्टीको केन्द्रिय कमिटिको बैठकले यस्तो निणर्य गरेको हो । पार्टीबाट निष्काशन गरेसँगै अभिलेखबाट पनि हटाउन निवार्चन आयोगलाई जानकारी गराउने आजको बैठकले निणर्य गरेको छ ।

त्यस्तै, निवार्चन आयोग र सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध अदालत जाने समेत आजको बैठकले निणर्य नेता प्रदीप ज्ञवालीले जनाएका छन् ।

प्रतिक्रिया