Pura Samachar

लाइसेन्स परीक्षाका लागि मापदण्ड तय

प्रकाशित: August 27, 2021

लाइसेन्स परीक्षाका लागि मापदण्ड तय

कोभिड लकडाउनका कारण लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुने भएको छ।
तोकिएका मापदण्ड पूरा गरेर अबको एक सातापछि परीक्षा सञ्चालन हुने यातायात व्यवस्था विभागले जनाएको छ।

महामारीको जोखिम कायमै रहेकाले निश्चित मापदण्ड पालना गरी परीक्षा सञ्चालन गरिने विभागका सूचना अधिकारी लोकनाथ भुसालले बताए।

विभागले लाइसेन्स परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७८ तय गरिसकेको छ। /

परीक्षार्थीहरूलाई ट्रायल हुने समय तोकी २४ घन्टाअगाडि जानकारी गराइने विभागले जनाएको छ। तोकिएको समयमा उपस्थित नभए सो दिनका अन्य सिफ्टमा समेत सामेल हुन नपाउने विभागको भनाइ छ।

मापदण्डअनुसार परीक्षार्थीहरुले केन्द्रमा प्रवेश गर्नुअघि मास्क, स्यानिटाइजर र पिउने पानीको व्यवस्था आफैँ गर्नुपर्नेछ। परीक्षा सुरु हुनु १५ मिनेट अगाडि मात्रै केन्द्रमा उपस्थित हुनुपर्ने छ। परीक्षार्थीहरुले केन्द्रमा प्रवेश गर्दा, सौचालय जाँदा अथवा निस्किदा भिडभाड गर्न पाइने छैन।

परीक्षार्थीको तापक्रम मापन गरेर प्रवेश गराइने विभागले बताएको छ।

प्रतिक्रिया