Pura Samachar

थप १० जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक

प्रकाशित: August 28, 2021

थप १० जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक

काठमाडौं : नेपाली कांग्रेसले थप १० जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छ। कांग्रेसले १४ औँ महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका जिल्लाहरुको क्रियाशील सदस्यको नामावली शुक्रवार पार्टीको वेबसाइटमा प्रकाशित गरेको बताएको छ।

नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सूची सार्वजनिक गरेको हो। साथै, सम्बन्धित जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृतहरुलाई समेत खटाइसकिएको बताइएको छ।

यसअघि बिहीवार कांग्रेसले ३८ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको थियो।

यता, सबै जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिकको माग गर्दै जिल्ला सभापतिहरुको अनसन भने सानेपामा जारी रहेको छ।

प्रतिक्रिया