Pura Samachar

थप १८५७ मा कोरोना संक्रमण, २७ जनाको मृत्यु

प्रकाशित: August 28, 2021

थप १८५७ मा कोरोना संक्रमण, २७ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप एक हजार आठ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा  नौ हजार चार सय नौ पीसीआर परीक्षणमा एक हजार पाँच सय १६ जना र तीन हजार सात सय ६७ एन्टिजेन परीक्षणमा तीन सय ४१ जना गरी एक हजार आठ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका दुई हजार दुई सय २२ बिरामी निको भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया