
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान र लोकतन्त्रको रक्षाका निम्ति पाँच दलीय गठबन्धन गठन भएको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित योङ कम्युनिष्ट लिगको भर्चुअल सम्मेलनलाई सम्बोधन गर्दै उहाँले प्रतिक्रियावादी शक्तिहरु अहिले पनि सल्बलाइरहेको अवस्था रहेकोले गठबन्धनलाई जोगाएर परिमार्जित गर्नुपर्ने धारणा पनि राख्नुभयो । देशमा ठूला ठूला परिवर्तनहरु सफल भएको बताउदै ठूला ठूला षड्यन्त्रहरु असफल बनाउन अझै गठन्बन्धन मज्बुत बन्नुपर्ने आवश्यकतामा अध्यक्ष दाहालले जोड दिनुभयो । केपी शर्मा ओलीसँग पार्टी एकताले राजनीतिक रुपमा घाटा भए पनि अहिलेसम्मकै महत्वूर्ण ज्ञान प्राप्त गरेको अध्यक्ष दाहालले बताउनुभयो ।
समाजवादको रक्षा, आत्मनिर्भरता, उत्पादनशीलताका लागि संघर्ष गर्ने अभिभारा युवाको काँधमा आएको उहाँको भनाइ थियो ।
सम्बोधनका क्रममा अध्यक्ष दाहालले पार्टीको केन्द्रीय नेतृत्वमा २० देखि २५ प्रतिशत सिट युवाका लागि संरक्षित गराइएको जानकारी पनि दिनुभयो ।
प्रतिक्रिया