
काठमाडौं , कोरोना संक्रमणकाे तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर भएको जनस्वास्थ्यविदहरूले बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अबको एक महिना अर्थात् असोज दोस्रो हप्ता संक्रमणकाे तेस्रो लहर आउने चेतावनी दिएपछि जनस्वास्थयविदहरूले यस्ताे बताएका हुन् ।
निषेधाज्ञा खुकुलो र चाडपर्व शुरु भएसँगै आउजाउ बढेको र जनस्वास्थ्य सुरक्षा मापदण्ड लागू नगर्दा तेस्रो लहरको जोखिम बढेको स्वास्थ्यविदहरूकाे भनाइ छ ।
अहिले जनस्वाथ्यका मापदण्ड लागू नगर्दा गत साउनदेखि उकालो लागेको कोरोना संक्रमण दर अहिले पनि जारी छ ।
मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर भएको बताउँदै सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागू गरे भने तेस्रो लहर आउने सम्भावना कम हुने बताउनुभयाे
भीडभाडमा हिँड्ने, जनस्वास्थ्यका मापदण्ड लागू नगर्ने हो भने नेपालमा पनि तेस्रो लहर नआउने भन्न नसकिने उहाँको भनाइ छ । उहाँले सरकारले मात्र संक्रमण नियन्त्रण गर्न नसकिने भन्दै सर्वसाधारणले पालना गरेको मापदण्डका आधारमा नियन्त्रण गर्न सकिने जानकारी दिनुभयो ।
प्रतिक्रिया