Pura Samachar

ट्याक्टरले ठक्कर दिँदा चालककाे मृत्यु

प्रकाशित: August 28, 2021

ट्याक्टरले ठक्कर दिँदा चालककाे मृत्यु

सुनसरी । ट्याक्टरकाे ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ । भोक्राहा नरसिंह गाउँपालिका–१ मा आज (शनिवार) ट्र्याक्टरको ठक्करबाट इनरुवा–३ का महेन्द्र उराँवकाे मृत्यु भएकाे हाे ।

सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार उत्तरतर्फ जाँदै गरेको को २ त ३९७८ नम्बरको ट्र्याक्टरले सोही दिशातर्फ जाँदै गरेको को १४ प २००८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार उराँव गम्भीर घाइते भएका थिए ।

घाइते उराँवको उपचारका क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिनुभयो । ठक्कर दिने ट्र्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया