
घुस लिएको आरोपमा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका दुई जना प्रहरी पक्राउ परेका छन्।
महानगरीय प्रहरी वृत्त बौद्धले आइतबार विमानस्थलबाट दुई जना प्रहरीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सञ्जिब बस्नेत र प्रहरी जवान सुरज खड्कालाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूले लागुऔषध कारोबारी गर्ने एक महिलासँग ९० हजार घुस लिएको आरोप छ। प्रहरी स्रोतका अनुसार उनीहरूले ती महिलासँग सुरूमा दुई लाख रुपैयाँ मागेका थिए।
प्रतिक्रिया