Pura Samachar

नागढुंगा–नौबीसे सडक खण्ड पुनः अवरुद्ध

प्रकाशित: August 30, 2021

नागढुंगा–नौबीसे सडक खण्ड पुनः अवरुद्ध

काठमाडौं ।  त्रिभुवन राजपथको नागढुंगा–नौबीसे सडक खण्ड पुनः अवरुद्ध भएको छ ।

आइतबार बिहान गएको पहिरो हटाएको ७ घण्टापछि सुचारु  भएको उक्त  सडक खण्डमा फेरि पहिरो जाँदा अवरुद्ध भएको हो । नागढुङ्गा–नौबीसे  राजमार्ग अन्तर्गत काठमाडौ चन्द्रागिरी नगरपालिका–२ चिसापानीमा गएको पहिरोले राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

तीनचार दिनदेखि परेको अविरल वर्षाको कारण बिहान ५ बजेर ४५ मिनेटको समयमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । नेपालको मुख्य नाकामा पहिरोको कारण यात्रुहरु समस्यामा परेका छन् ।

अहिले धेरै  लामो जाम रहेको छ भने पहिरो हटाउने कार्य भैरहेको थानकोट  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया