Pura Samachar

सत्तारुढ गठबन्धनको बैठक बस्दै

प्रकाशित: August 30, 2021

सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको बैठकमा मन्त्रिपरिषद्‌ विस्तारबारे छलफल हुने सत्तारुढ नेकपाली कांग्रेसका नेता पूर्णबहादुर खड्‍काले जानकारी दिनुभयो ।

लामो समयसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाएपछि सरकारले आलोचना खेप्न परेको छ । गत असार २९ गते प्रधानमन्त्री पदको शपथ लिनुभएका देउवा नेतृत्वको मन्त्रिमण्डलमा एक राज्यमन्त्रीसहित नेपाली कांग्रेसका तीन, माओवादी केन्द्रका दुई मन्त्रीले जिम्मेवारी सम्हाल्दै आएका छन्।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

गठबन्धनमा सहभागी सबै दलले सरकार विस्तारका बारेमा आवश्यक तयारी गरिसकेकाले अब छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री शेरबहादुर देउवाले तयारी गर्नुभएको छ ।

प्रतिक्रिया