Pura Samachar

एप्रोन लगाएर प्रदर्शन- ‘स्वास्थ्यकर्मी कुट्न पाइँदैन’

प्रकाशित: July 6, 2020

एप्रोन लगाएर प्रदर्शन- ‘स्वास्थ्यकर्मी कुट्न पाइँदैन’

स्वास्थ्यकर्मीहरूमाथि एकपछि अर्को आक्रमण हुने गरेको विरोधमा स्वास्थ्यकर्मीहरूले माइतीघर मण्डलमा आइतबार प्रदर्शन गरेका छन्।

हातमा प्लेकार्ड बोकेका स्वास्थ्यकर्मीले आफूहरूमाथि हुने हिंसा अन्त्यका लागि मौन प्रदर्शन गरेका हुन्। सेतो एप्रोन लगाएर भेला भएका स्वास्थ्यकर्मीले हिंसाविरूद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।

‘बिरामी हेर्न मन छ तर अझै कुटाइ खाने डर छ, दोषीलाई कारबाही गर’ जस्ता प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन्।

कोरोना महामारीकै बेला त्रिवि शिक्षण अस्पतालका चिकित्सक, धरान, रौतहट र सुदुरपश्चिम प्रदेशलगायत ठाउँमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो। उनीहरूले स्वास्थ्यकर्मीविरूद्ध हिंसा अन्त्य गर्न पनि माग गरेका छन्।

‘स्वास्थ्यकर्मी कुट्न पाइँदैन,’ उनीहरूले यस्ता नारा लगाउँदै प्रदर्शन गरेका हुन्।

प्रतिक्रिया