
काठमाडौ । मन्त्रीपरिषद् बिस्तारबारे छलफल गर्न सत्ता गठबन्धनका दलहरुको बैठक मंगलबार विहान बस्दैछ ।
बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सजपाका नेता उपेन्द्र यादवसहितको बैठक बस्न लागेको हो ।
मंगलवारको बैठकमा कुन दललाई कति र कुन–कुन मन्त्रालय दिने भन्ने टुंगो लगाउने दलहरुको दाबी छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले मंगलबार मन्त्रिपरिषद विस्तारबारे छिनोफानो हुने बताउनुभएको छ ।
प्रतिक्रिया