
काठमाडौं । मंगलवारदेखि काठमाडौ–श्रीलङ्का सिधा हवाइ उडान हुने भएको छ।
श्रीलङ्कन एयरलाइन्सले मंगलवारदेखि काठमाडौ–श्रीलङ्का सिधा उडान गर्न लागेको हो ।
नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको छ ।
श्रीलङ्कन एयरले गृष्मकालीन समयका लागि आगामी सेप्टेम्बर ४ तारिखसम्मका लागि उडान अनुमतिका लागि निवेदन दिएको क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले बताउनुभयो ।
कम्पनीले अवस्था हेरेर शरदकालीन समयका लागि पनि उडान अनुमतिका लागि निवेदन दिनेछ। उक्त एयरलाइन्सले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने इच्छा व्यक्त गरेको छ।
भैरहवामा कम्तीमा एक उडान गर्नेछ। यो उडान दैनिक या सातामा भन्ने यकिन भइसकेको छैन। नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालि तोकिएको छ । रोजगारीका लागि श्रीलङ्का जाने नेपालीलाई लक्षित गरेर उडान सुरु गरिएको र यसले अवस्था सामान्य भएपछि पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।
प्रतिक्रिया