Pura Samachar

एकैदिन ३० अन्तराष्ट्रिय उडान

प्रकाशित: August 31, 2021

एकैदिन ३० अन्तराष्ट्रिय उडान

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज ३० वटा अन्तराष्ट्रिय हवाइ उडान हुँदैछन् । मंगलबार १० वटा जहाज कम्पनीले ३० उडान भर्ने भएका हुन्।

अन्तराष्ट्रिय उडान धमाधम थपिन थालेपछि  विमानस्थलमा चहलपहल बढेको छ । विमानस्थलले मंगलबारका लागि १६ वटा डिपाचर र १४ वटा अराइवल गरी ३० वटा उडान गर्न अनुमती दिएको छ ।

कोभिड महामारी पछि धेरै उडान गर्न अनुमती दिएको विमानस्थलले जनाएको छ । मंगलबार हिमालय एअरलाइन्सले ६ वटा, नेपाल एअरलाइन्सले ४ वटा, कतार एअरले २, जजिरा १, फ्लाइ दुवईले १, एअर अरविया १, सलम एअर १, श्रीलंकन एअर १, एअर इण्डिया १ र इन्डिगो एअरले १ उडान भर्नेछ ।

प्रतिक्रिया