
लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, सिम्पानी सेग्लेमा आगलागी हुँदा एक दम्पतीको मृत्यु भएको छ ।
धन्सारमा बस्दै आएका ५६ वर्षीय धर्मराज भण्डारी र उनकी पत्नी ५० वर्षीया पशुपति भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आज विहान साढे १ बजे तिर आगलागी हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णबहादुर कार्कीले सबै निदाएको समयमा आगलागी हुँदा तत्काल कसैले थाहा नपाएको र घरभित्रै दम्पतीको जलेर मृत्यु भएको जानकारी दिनुभयो । घरमा राखिएको खाना पकाउने ग्यास लिक भएर वा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
घटनास्थलमा खुदी प्रहरी चौकीको टोली खटिएको छ । इन्सपेक्टर जगदीश रेग्मी नेतृत्वको प्रहरी टोली अनुसन्धानका लागि खटिएको हो । अनुसन्धानपछि मात्रै यकिन विवरण आउने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया