Pura Samachar

देशभर सामान्य बदली रहने, प्रदेश १ का केही भागमा चट्याङसहित भारी वर्षाकाे सम्भावना

प्रकाशित: September 1, 2021

देशभर सामान्य बदली रहने, प्रदेश १ का केही भागमा चट्याङसहित भारी वर्षाकाे सम्भावना

काठमाडाैं । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

हाल मौसमको अवस्था

हाल देशभर सामान्य बदली रही प्रदेश नं १,  गण्डकी प्रदेश, लुम्विनी प्रदेश, कर्णाली  प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा  वर्षा  भइरहेकाे  महाशाखाकाे भनाइ छ ।

बुधवार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  सुदूरपश्चिम र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राती देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

आगामी २४ घण्टाका लागि चेतावनी 

देशको धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।

यसबाट बच्नका लागि नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउनु हुन महाशाखाले सर्वसाधारणमा अनुरोध गरेकाे छ।

प्रतिक्रिया