Pura Samachar

हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ

प्रकाशित: September 1, 2021

हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका, १४ कुलेश्वरस्थित फलफुल बजारबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन् । नगद ३० लाख ७ हजार रुपैयाँ सहित मंगलबार दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काभ्रे चौरीदेउराली गाउँपालिका, ३ का ३४ वर्षीय मीनप्रसाद गौतम र रमेश तिमिल्सेना रहेका छन् । मीन प्रसादले हुण्डी कारोबार गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले रमेशले हुण्डी कारोबारमा प्रयोग भएको उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया