
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न डल्लु पुग्नुभएको छ । बुधबार बिहान प्रचण्ड डल्लुस्थित खनालनिवास पुग्नुभएको हो ।
उहाँले खनाललाई भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । दुई महिनाभन्दा बढी समय भारतमा उपचार गराएर खनाल गत सोमबार मात्र नेपाल फर्किनुभएको थियो । उहाँ अहिले आफ्नै निवासमा आराम गरिरहनुभएको छ ।
प्रतिक्रिया