
र्माण शुरू भएको १० वर्षपछि माथिल्लो तामाकोशी जलविद्युत आयोजना सम्पन्न हुने संघारमा पुगेको छ । ४५६ मेगावाट क्षमतायुक्त राष्ट्रिय गौरवको सूचीमा परेको आयोजना निर्माण २०६८ मा शुरू भएको थियो । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले आयोजना शिलान्यास गरेका थिए ।
निर्माण शुरू भएको १० वर्ष अर्थात आर्थिक वर्ष २०७४ सालभित्र आयोजना निर्माण सकेर व्यवसायिक रुपमै विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएको थियो । तर, करिब ४ वर्ष ढिला गरी आयोजनाबाट व्यवसायिक विद्युत उत्पादन शुरू हुन लागेको हो ।
आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले यही महिनाको अन्तिम (२३/२४ गते) देखि आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन थालिने जानकारी दिएका छन् । उनले हाल पाँचवटा युनिटबाट ७६/७६ मेगावाट विद्युत उत्पादन शुरू भइसकेको बताए । ‘पाँचवटा युनिटबाट ३८० मेगावाट विद्युत व्यवसायिक रुपमै उत्पादन भइरहेको छ । उत्पादित विद्युत बिक्री गर्न थालिएको छ,’ श्रेष्ठले भने ।
आयोजनाले यही भदौ १५ गतेदेखि ६ वटै युनिटबाट पूर्ण क्षमतामा उत्पादन थाल्ने योजना बनाएको थियो । तर, विद्युत परीक्षण गर्ने कर्मचारीहरूमा कोभिड संक्रमण देखिएपछि एउटा युनिटको परिक्षणमा ढिलाइ भएको थियो । सोहीकारण आयोजनाबाट पूर्ण क्षमतामा व्यवसायिक विद्युत उत्पादन महिनाको अन्तिममा धकेलिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया