
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८४६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा थप २००४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २००४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको छ ।
प्रतिक्रिया