Pura Samachar

कांग्रेस महाधिवेशन नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर

प्रकाशित: September 2, 2021

कांग्रेस महाधिवेशन नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर

कोरोना महामारीका बेला नेपाली कांग्रेसको महाधिवेशन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

कांग्रेस बागमती प्रदेश सभा सदस्य रहेका नरोत्तम वैद्यले बिहीबार सर्वोच्चमा रिट दायर गरेका हुन्।

‘महाधिवेशन रोक्ने मेरो माग होइन, कोरोना महामारी छ केही समय पर सारौं भन्ने हो,’ वैद्यले भने, ‘कोरोना कम होस्। सबै नेपालीले खोप लगाउने वातावरण मिलेपछि भव्यताका साथ महाधिवेशन गरौं।’

आफूले सर्वोच्चमा रिट दिएर १४ औं महाधिवेशन रोक्न नखोजेको उनले दाबी गरेका छन्। ‘कांग्रेस महाधिवेशनमा भिडभाड हुन्छ, यसले कोरोना नफैलाओस्,’ उनले भने।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले कोरोनाका बेला कांग्रेस महाधिवेशन गर्न नहुने मागसहित आएको रिट दर्ता भइसकेको बताए।

प्रतिक्रिया