Pura Samachar

प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित भारी वर्षाको सम्भावना

प्रकाशित: September 3, 2021

प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मौसमको अवस्था

हाल देशभर सामान्य बदली रही प्रदेश नं १,  गण्डकी प्रदेश, लुम्विनी प्रदेश, कर्णाली  प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा  वर्षा भइरहेको  महाशाखाको भनाइ छ ।

शुक्रवार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

राती देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका  एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आगामी २४ घण्टाका लागि चेतावनी  

देशको धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । यसबाट बच्नका लागि नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउनु हुन महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ।

प्रतिक्रिया