Pura Samachar

माओवादीको स्थायी कमिटी बैठक बस्दै

प्रकाशित: September 3, 2021

माओवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साढे २ बजेका लागि स्थायी कमिटी बैठक बोलाउनुभएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी साढे २ बजेका लागि बैठक बोलाएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

आजको बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको निर्वाचन कार्यविधिका बारेमा छलफल हुने बताइएको छ ।

 

प्रतिक्रिया