Pura Samachar

वागमतीनदीकाे नजिक एक युवककाे शव फेला

प्रकाशित: September 3, 2021

वागमतीनदीकाे नजिक एक युवककाे शव फेला

काठमाडौ ।  काठमाण्डाैकाे मुटुमा रहेका बागमती नदीमा एक युवकको शव भेटिएको छ।  मिनभवन र कोटेश्वरको नजिक बागमती नदीको बीचमा आज बिहान शव भेटिएको हो ।

शव काभ्रे सारदाबतासे–४ का ३८ वर्षीय विक्रम तामाङको भएको प्जाहरीले जनाएकाे छ । बाहिरी शरीरमा चोटपटक केही नदेखिएको र छाती फुलेको अवस्थामा नदीको बीच भागमा शव भेटिएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायव उपरीक्षक मीन लामाले जानकारी दिनु भयाे ।

उनको साथमा भेटिएको सवारी चालक अनुमति पत्रका आधारमा पहिचान भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । तामाङकाे शव विहान  प्रहरीले नै देखेको थियो।

प्रतिक्रिया