Pura Samachar

मनकामना केबलकार पुनः सञ्चालनमा आउने

प्रकाशित: September 3, 2021

मनकामना केबलकार पुनः सञ्चालनमा आउने

काठमाण्डाैं ।  कोरोना संक्रमणको त्रासमा बन्द भएको मनकामना केवलकार पुनः सञ्चालनमा आउने भएको छ।  स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर केवलकार आगामी आइतबारबाट सञ्चालन ल्याउन लागिएको हाे ।

कोभिड-१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा यही भदौ २० गतेबाट स्वास्थ सुरक्षा मापदण्डका साथ पुनः सन्चालन हुन लागेकाे मनकामना केवलकार सञ्चालक चितवन कोइका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिनु भयाे ।

मन्दिर खोल्ने विषयमा जिल्ला प्रशासन कार्यालय, गोर्खाको निर्णय अनुसारनै हुने उहाँकाे भनाइ छ । यात्रुलाई स्वास्थ्य सुरक्षाका नियमहरू अनिवार्य पालना गरिदिनु  पनि उहाँले अनुराेध गर्नु भएकाे छ ।

कोभिड संक्रमणको महामारीलाई ध्यानमा राख्दै कम्पनीले यसअघि देखिनै नगदरहित कारोबार इ-सेवा, फोन पे र खल्तीमार्फत टिकट काट्ने व्यवस्था गरेको

प्रतिक्रिया